भिजिट भिषामा ‘लाइन’ चलाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीको सरुवा भएको छ ।
पन्थीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गर्दै विभागका महानिर्देशक तिर्थ भट्टराईलाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तथा मानव वेचबिखन अनुसन्धान ब्यूरोले भिजिट भिषा कार्यविधी अनुसार मापदण्ड नपुगेका व्यक्तिलाई ‘लाइन’ चलाएर विदेश पठाउने धन्दामा पन्थी संगल्न रहेको प्रमाण पाएपछि गृह मन्त्रालयले पन्थीलाई सरुवा गरेको स्रोतले जानकारी दिएको हो ।
गत असोज ११ गते राती मानव बेचविखन अनुसन्धान ब्यूरो तथा केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा छापा मार्दै भिजिट भिषामा विदेश भएका ६२ जनाको कागजात नियन्त्रणमा लिएको छ ।
कार्यविधी अनुसार मापदण्ड नपुगेका व्यक्तिलाई समेत अध्यागमन अधिकृतले विदेश जान अनुमति दिएको पाएपछि प्रहरीले बिस्तृत अनुसन्धान गरेको थियो ।
‘अनुसन्धानको क्रममा प्रमुख अध्यागमन अधिकृतको भुमिका ‘फेयर’ देखिएन् ,’ स्रोतले भन्यो, ‘हामीले त्यहीँ अनुसारको प्रतिवेदन दिएका थियौं ।गृह मन्त्रालयले किन सरुवा गर्यो भन्ने हामीलाई थाहा हुँदैन् ।’
भिजिट भिषामा बिकृति गरेको गुनासोपछि गत असोज ९ गते गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणी दुवाडीले अध्यागमन कार्यालय अनुगमन गरेका थिए ।
स्रोतका अनुसार गृहमन्त्री र गृहसचिवको अनुगमनपछि भिजिट भिषामा विदेश जानेबाट अशुल्ने रेट बढेको थियो ।
सरकारले कडाइ गरेको भन्दै अध्यागमन कार्यालयले पुरुषको हकमा लाइन चलाउँदा २० हजार तथा महिलाको हकमा ५० हजार रुपैयाँ रेट राखेको थियो ।
त्यसअघी २०८१ जेठ ३ गते रबि लामीछाने र एक नारायण अर्यालयले अध्यागमन अनुगमन गरेपछि पुरुषको १२ हजार र केटीको ३५ हजार रुपैयाँ राख्दै लाइन चलेको जानकारहरु बताउँछन् । "रेट अमेरिकी,खाडी,युरोप लगायत मा महिला वा पुरुषको भिन्न भिन्न हुने गरेको छ",स्रोत भन्छ।
कार्यालय प्रमुखलाई कुल कारोबारको १० प्रतिशत रुपैयाँ बुझाइने स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विमानस्थलमा दैनिक १ देखी २ करोड रुपैयाँसम्मको भिजिट भिषा सम्बन्धी कारोबार हुने गर्छ ।
‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा लाइन चले अनुसारको पैसा सम्बन्धीत निकायमा नपुगेपछि भिजिट भिषामा चल्ने लाइन रोकिएको थियो,’ स्रोतले भन्यो, ‘जेठमा गृहसचिव र गृहमन्त्रीको अनुगमनपछि फेरी लाइन चल्न थालेको थियो । जब जब मन्त्रालयबाट मिडियामा हल्लाखल्खा गर्दै अनुगमन हुन्छ । तबतब अध्यागमन अधिकृतले लाइनको रेट बढाउने गर्छन् । ’
भिजिट भिषा सम्बन्धी कार्यविधी अनुसार भिजिट भिषामा विदेश जान योग्य नरहेका व्यक्तिलाई मोलमोलाइ गर्दै विदेश जान अनुमति दिनु लाई लाइन चलाउने रुपमा बुझिन्छ ।
ट्राभल एजेन्सीले भिजिट भिषामा काम गर्न भन्दै जाने व्यक्तिले विमानस्थलमा क्लियर हुने नहुने एकिन गर्दै टिकट काट्ने गर्छन् ।
डिउटीमा भएका अध्यागन अधिकृतलाई ट्राभल एजेन्सीका एजेन्ट मार्फत पैसा बुझाएका व्यक्ति विस्तृत विवरण ह्वाटस् एपमा आउने गर्छ ।
नियमित प्रयोग गर्ने नम्बरको ह्वाट्स एपमा सुचना आदानप्रदान गर्दा प्रहरीले निगरानी गर्न सक्ने जोखिमका कारण अध्यागमन अधिकृतहरुले दुबई वा भारतको नम्बरमा ह्वटएप चलाउने गर्छन् ।
सिफ्टमा रहेको लाइन ग्रुपले एक ह्वाट् एप नम्बर चलाउने गर्छ ।
‘सामान्यतया अध्यागन अधिकृत डिउटीमा पुग्नु अघी नै लाइनमा रहेका व्यक्तिको जानकारी हुन्छ । यदी कार्याविधी अनुसार प्रक्रिया पुरा नगरेको कोही व्यक्ति आयो र त्यसको जानकारी ह्वाटस् एपमा प्रष्ट भेटिएन भने अध्यागन अधिकृतहरुले बुझ्नु पर्ने भन्दै अध्यागमन डिपार्चरको पछाडी रहेको उपसचिवको कोठामा जाने गर्छन् ,’ स्रोतले भन्यो, ‘त्यहाँका भएका अधिकृत वा सुब्बा साप हरुले लाइनमा रहेको नरहको जानकारी दिएपछि उक्त व्यक्ति उडान गर्न पाउँछ । होइन भने फिर्ता गरिन्छ (अफलोड) विमान चढ्न अनुमति दिइदैन् ।’
भिजिट भिषा सम्बन्धी कार्यविधी अनुसार भिजीट भिषामा विदेश जान २ तर्फी टिकट ५०० डलर रकम बस्ने अवधीसम्मको होटल बुकिङ आवश्यक हुन्छ ।
स्रोतका अनुसार विगतमा अध्यागमन अधिकृत भइसकेका पन्थिले यस पटक प्रमुख अध्यागमन प्रशासन हुँदा नायब सुब्बा प्रयोग गर्दै लाइन चलाइको थिए ।