• Saturday, June 21, 2025

नक्कली लाइसेन्स प्रकरणमा थप एक जना सिआइबी नियन्त्रणमा


लिखिल र ट्रायलविनै सवारी लाइसेन्स जारी गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप एकजनालाई बिहीबार नियन्त्रणमा लिएको छ। 

यातायात व्यवस्था विभागमा विगत तीन वर्षदेखि कम्प्युटर अपरेटरका रूपमा कार्यरत दीपा न्यौपानेलाई सिआइबीले नियन्त्रणमा लिएको हो।

नक्कली विवरणका आधारमा अनुचित लाभ लिएर लाइसेन्स छपाइमा संलग्न भएको आशंकामा सिआइबीले उनलाई पक्राउ गरेको हो। यससँग नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।

अझै अन्य महानिर्देशक र अन्य अन्य संलग्न पनि पक्राउ पर्ने सम्भावना रहेको स्रोतले बताएको छ। सिआइबीले उनीहरूको खोजी जारी राखेको छ। 

Please Login to comment in the post!

you may also like