• Saturday, June 21, 2025

अदालतका कर्मचारी सरुवा भएको तीन दिन भित्र रमाना भैसक्नु पर्ने


अदालतहरूमा कर्मचारी व्यवस्थापन लथालिङ्ग देखिएपछि सर्वोच्चले ताकेता गर्दै पटक पटक आदेश दिनु परेको छ। सर्वोच्चले गत चैत १४ मा सात दिनभित्र रमाना गर्नु भनी पत्राचार गरेको थियो । उक्त विषय कार्यान्वयन नभएपछि बुधवार पुनः तीन दिनभित्र रमाना गरी जानकारी गराउन आदेश जारी गरेको छ ।

सर्वोच्चले उच्च अदालतहरू, इजलासहरू, अस्थायी इजलासहरू, प्रशासकीय अदालतहरू, न्यायाधिकरणहरू, विशेष अदालत, श्रम अदालत, फैसला कार्यान्वयन निर्देशनालय र जिल्ला अदालतहरूलाई आदेश दिएको हो । ‘न्याय सेवा आयोग र यस अदालतबाट समय–समयमा सरुवा तथा काज सरुवा भएका राजपत्रांकित तृतीय श्रेणीका अधिकृत कर्मचारीहरू एवं राजपत्र अनङ्कित कर्मचारीहरूलाई कतिपय अदालत र निकायहरूबाट रमाना नगरेकोमा यस अदालतबाट मिति २०८०।१२।१४ को पत्रद्वारा ७ दिनभित्र रमाना गर्नु भनी पत्राचार भएकोमा हालसम्म पनि रमाना नगरिएको बुझिएको हुँदा सरुवा/काज भएको अदालत एवं निकायमा ३ (तीन) दिनभित्र अनिवार्य रूपमा रमाना गरी यस अदालतलाई जानकारी दिनुहुन आदेशअनुसार अनुरोध गर्दछु’, उपरजिस्ट्रार गोविन्द प्रसाद घिमिरेद्वारा जारी पत्रमा छ, ‘उपरोक्तबमोजिम रमाना नगरेमा त्यसको जिम्मेवारी सम्बन्धित रजिस्ट्रारज्यू र स्रेस्तेदार हुने बेहोरा निर्देशानुसार अनुरोध छ ।’ यो संगै कर्मचारी व्यबस्थापन मा थप चुस्तता आउने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like