• Saturday, June 21, 2025

चार एसएसपि डीआईजीमा बढुवाका लागि सिफारिस


गृह मन्त्रालयले नेपाल प्रहरीका चार जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार जना एसएसपीलाई डिआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवामा हुनेमा एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दान कार्की, मनोज केसी र राजन अधिकारी रहेका छन् । सबै जना प्रहरी अधिकारीहरु कार्यसम्पादनका हिसावले अब्बल मानिन्छन् ।बढुवाका लागि उनिहरुभन्दा अघिको व्याचका एसएसपीहरू भोलाबहादुर रावल, ध्रुवराज राउत, गणेश चन्द, सिद्धिविक्रम शाह,सुशीलसिंह राठौर र उमाप्रसाद चतुर्वेदी समेत दौडमा थिए ।

Please Login to comment in the post!

you may also like