• Saturday, June 21, 2025

संसद अवरोध प्रकरण: व्यक्तिगत तहमै उत्रे धनराज गुरुङ,ओलि लक्षित अशिष्ट व्यबहार गरेको एमालेको आरोप


प्रतिनिधि सभाको बिहिवारको वैठक तनावग्रस्त भइरहँदा कांग्रेस उपसभापति धनराज गुरुङ एमाले अध्यक्ष तथा पुर्व प्रधान्मन्त्री केपी शर्मा ओली माथि उत्तेजित हुदै प्रस्तुत भए । चर्को स्वरमा नाराबाजी गरिरहेका गुरुङलाई सुरुमा ओलीले कोट्याएर केही भनेलगत्तै गुरुङले ओलीप्रति उत्तेजित हाउभाउ देखाएका थिए ।

आखिर ओलीप्रति धनराज किन आक्रोशित भएका थिए । स्रोतका अनुसार गुरुङ गृहमन्त्रीलाई जसरी पनि रोक्ने ध्याउन्नमा थिए र ओलीले सम्झाउन खोज्दा उनी उत्तेजनामा आएका हुन् ।

‘गृहमन्त्रीलाई जान दिन्नँ, म जसरी नि रोक्छु । म रोक्छु, रोक्छु । कसले छेक्न सक्छ’, भन्दै गुरुङ प्रस्तुत भएका ती नेताले बताए ।

ओलीले घेराउ गर्ने ठाउँ सरकार पक्ष बस्ने रो नभएको बताउँदा गुरुङ झन् आक्रोशित बनेका थिए । ‘यो शिष्टता भएन । यो तपाईंको ठाउँ होइन, अगाडि गएर घेराउ गर्नुस,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भने ।

त्यसक्रममा कांग्रेसका धनराज गुरुङले ओलीको नजिकै गएर औंला उझ्याउँदै अभद्रर अशिष्ट व्यवहार गरेका थिए ।

गुरुङ हात हाल्ने ढंगले प्रस्तुत भएपछि एमालेका प्रमुख सचेतक महेश वर्तौला,ठाकुर गैरे,रघु जि पन्त,सुर्य थापालगायत प्रतिवादमा उत्रिएका थिए । त्यसपछि हात हालाहाल भएको हो ।

संसदमा गृहमन्त्री लामिछानेलाई बोल्न सभामुख देवराज घिमिरेले बोलाएपछि कांग्रेसले नाराबाजी गर्दै रोक्न खोजेको थियो । त्यस क्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो । त्यसपछि सभामुख घिमिरेले संसद स्थगित गरेका थिए । लामो संसदिय अनुभव भएको काङ्ग्रेस पार्टी यसरी संसदमा प्रस्तुत हुँदा यसको सर्बत्र आलोचना भैरहेको छ।

उता कांग्रेसले भने सभामुख घिमिरे एमालेको निर्देशनमा चलेको आरोप लगाएको छ भने आफूहरुले अभद्र व्यवहार नगरेको दाबी गरेको छ ।

Please Login to comment in the post!

you may also like