रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सबैभन्दा नजिकको मित्र राष्ट्र चीनको राजकीय भ्रमण गर्ने भएका छन् । उनले यही मे १६ र १७ मा चीन भ्रमण गर्न लागेको चिनियाँ विदेश मन्त्रालय स्रोतले जनाएको छ ।
नयाँ कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि पुटिनले पहिलो राजकीय भ्रमण चीनमा गर्न लागेका हुन् । जारी युक्रेन युद्धपछि रुस पश्चिमा मुलुक तथा अमेरिकासँग पनि प्रस्पिर्धामा छ । युक्रेन युद्धका बीचमा रुस र चीनबीचको सम्बन्ध थप बलियो हुँदै गएको विश्लेषण भैरहेको छ।
पुटिनको राजकीय भ्रमणले चीन र रुसबीचको सम्बन्ध कति महत्वपूर्ण छ भन्ने देखाएको चिनियाँ विश्लेषकहरूले बताएका छन् । यो भ्रमण रुस र चीनबीच स्ट्राटेजिक पार्टनरसिपले थप उचाइ लिने चिनियाँ अपेक्षा छ । बढ्दो रसिया युक्रेन युद्द बिच पुटिनको चीन भ्रमणले पश्चिमा राष्ट्र हरु थप चिढिएको अन्तर्राष्ट्रिय संचार माध्याम हरुले जनाएका छन।