• Saturday, June 21, 2025

बिबादास्पद अभिव्यक्ति दिने राष्ट्रपती का सल्लाहकार नेपाल राजिनामा दिने तयारीमा


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिने भएका छन् । एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो ।

सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए । यस विषयमा राष्ट्रपति स्वयम्ले बोलाएर उनीसँग् सोधपुछ गरेका थिए । नेपालको जवाफबाट राष्ट्रपति ले सकारात्मक रुपमा नलिएको स्रोत को दाबी  छ।

नेपालले आफ्नो भनाइलाई गलत आशयका साथ प्रकाशन गरिएको भन्दै प्रष्टीकरण दिएका थिए ।

देश सञ्चार नामक अनलाइन लाई गत २३ वैशाखमा दिएो अन्तरवार्तामा नेपालले भनेका थिए, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यता भन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’

त्यस्तै २४ वैशाखमा बीबीसी नेपाली सेवालाई दिएको अर्को अन्तरवार्तामा पनि उनले राष्ट्रबैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई लहडको संज्ञा दिएका छन् । यो संगै उनको अभिव्यक्तिको बिरोध भैरहेको थियो।


आजै सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारको अभिव्यक्तिको चर्को आलोचना गर्दै सो अभिव्यक्तिको राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए।


ओलीको अभिव्यक्ति आएपछि नेपालले राष्ट्रपति सचिवालयमा फोन गरेर आफ्नो राजीनामा तयार पार्न भनेका हुन् ।


Please Login to comment in the post!

you may also like