सगरमाथा आरोही कामीरिता शेर्पाले २९ औं पटक सगरमाथाको सफल आरोहण गर्दै विश्वको सर्वोच्च शिखरमा सबैभन्दा बढी आरोहणको विश्व कीर्तिमान कायम गरेका छन् ।
आज बिहान ७:२५ बजे कामीरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण २९ औं पटक गरेका हुन् ।
चर्चित संचारकर्मी पुर्णिामा श्रेष्ठ ले सगरमाथा सफलता पुर्वक आरोहण गरेको त्यहाँ बाट सेभेन समिट ट्राभल्स ले जानकारी दिएको छ।
मे महिना सगरमाथा आरोहण को लागि उत्कृष्ट समय मानिन्छ । यो बर्ष झन्डै ४४० जनाले सगरमाथा आरोहण गर्ने अनुमान गरिएको पर्यटन बिभाग,पर्यटन प्रवर्द्धन शाखाले जनाएको छ।