शिक्षामन्त्री सुमना श्रेष्ठले संसदमा भएको क्रियाकलाप प्रती गुनासो गरेकी छन। आफ्नो सामाजिक संजाल एक्स मा लेख्दै उनले सो कुरा बताएकी हुन। उनले एक्समा लेखेकी छन," संसदमा कसका लागि आएको हो ? नागरिकको लागि, आफ्नो दलको लागि या आफ्नै लागि मात्र ?"
उनी अगाडी थप्छिन"मेरो पुस्ता वाक्कदिक्क भइसक्यो यो घृणित क्रियाकलापबाट । न विधि बनाउन लागेको छ, न नीति बनाउन लागेको छ । भावुक गफ दिने, जनताको अपेक्षामाथि खेलवाड गर्ने, आफ्नो जिम्मेवारी मतलबै नगर्ने ?वर्षको एकचोटी आफ्नो चुनावी क्षेत्रका लागि मन्त्रीकोमा गएर 'योजना मागिदिने' बाहेक देशको भविष्यप्रति जनप्रतिनिधिको कुनै जिम्मेवारी हुँदैन त ? सांसदको काम आफ्नो निर्वाचन क्षेत्रमा बजेट लग्ने अनि पत्रिकाको हेडलाइन पढ्ने मात्र हो त ?" काङ्ग्रेसको संसद अवरोधले राजनीतिमा निराशा मात्र छाएको भन्दै काङ्ग्रेसको चौतर्फी आलोचना भैरहेको छ।