• Monday, August 4, 2025

लम्कीमा दुई मन्त्रीका गाडी ठोक्किए, प्रधानमन्त्री स्वागतमा जाँदै गर्दा दुर्घटना


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी लम्कीमा आपसमा ठोक्किएर दुर्घटना भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा दुर्घटना भएको हो। प्रहरीले दिएको जानकारीअनुसार भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल सवार गाडीलाई कानून मन्त्री हीरा सार्की सवार गाडीले लम्कीमा ठक्कर दिएको हो।

दुर्घटनामा परेका गाडीहरूमा से. १ झ ३३० नम्बरको गाडीमा मन्त्री सार्की र बा. २ झ १४१९ नम्बरको गाडीमा मन्त्री पाल सवार थिए। दुबै गाडीमा रहेका सबै व्यक्तिहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

Please Login to comment in the post!

you may also like