लन्डन बाट सिङापुर उडेको सिङापुर एयरलाइन्सको जहाज टर्बुलेन्समा फसेपछी उत्पन्न समस्या हरु जस्तै आउने दिन हरुमा समस्या न्यूनीकरण गरि क्षती कम गर्नको लागि सिङापुर एयरलाइन्सले आफ्ना कार्य म्यानुअल हरु परिमार्जन गर्ने जनाएको छ। सिटबेल्ट को संकेत आइरहेको बेलामा तातो खानेकुरा बितरण नगर्ने र मिल हरु समेत यात्रु हरु लाई सो बेला नदिने विमान कम्पनिले जनाएको छ। गत साता भएको सो दुर्घटना पछि भर्ना भएका ४६ यात्रु मध्य १९ जना अजै इन्टेन्सिभ केयर मा उपचार गरिरहेको विमान कम्पनी ले जनाएको छ।
क्लियर एयर टर्बुलेन्स भनिने सफा मौसम मा पनि देखिने आकाशिया आधी ले सो जहाज अप्ठ्यारो अवस्थामा बैंकक मा आकस्मिक अवतरण गरेको थियो।