• Sunday, June 22, 2025

बुद्ध एयर धावनमार्ग बाट चिप्लियो


काठमाडौ बाट भैरहवा गएको बुद्ध एयर धावनमार्ग बाट चिप्लिएको छ। साझ ९ बजेर तीन मिनेटमा  काठमाडौ बाट भैरहवा गएको बुद्ध ८०५ कल साइन को जहाज अवतरणका क्रममा धावनमार्ग बाट चिप्लिएको भैरहवा बिमनस्थलका अधिकारीले बताएका छन। जहाजमा कति क्षति भएको एकिन नभए पनि यात्रु भने सबै सकुशल रहेको भैरहवा बिमानस्थल स्रोत ले जनाएको छ।  करिब ९ बजेर ३६ मिनेट  तिर सो दुर्घटना भएको जनाइएको छ। पानी द्वार चिप्लो धावन मार्ग र थकित पाइलट को कारण दुर्घटना भएको हुन सक्न्व प्रारम्भिक अनुमान गरिएको छ। 9NAOC रजिष्ट्रेसन भएको सो जहाज को यो उडान आजको लागि अन्तिम उडान रहेको बुद्ध एयर स्रोत ले बतायो।

Please Login to comment in the post!

you may also like