• Saturday, June 21, 2025

संसद महासचिव को नागरिकता बिबादित नरहेको सर्वोच्चको फैसला


नागरिकता विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले राहत पाएका छन् । सर्वोच्च अदालतले उनको नागरिकता विवादमा फैसला गर्दै महासचिवमा भएको नियुक्तिलाई सदर गरिदिएको छ ।

दुईवटा नागरिकता रहेको भन्दै अधिवक्ता अनिल आचार्यले उनलाई संसदको महासचिवमा गरिएको नियुक्त बदर गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सो मुद्दामाथि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले मंगलबार फैसला गर्दै नियुक्त बदर गर्नुनपर्ने भनेको हो । 

सर्वोच्चले उनको नियुक्ति पुरानै नागरिकताअनुसार भएको सर्वोच्चले ठहर गरेको छ । संचार उद्धमी कैलाश सिरोहियाको नागरिकता विवादमा पक्राउ पर्दा नेपाली काङ्ग्रेस ले महासचिव ले उन्मुक्ति पाएको तर सोरोहिया पक्राउ परेको भन्दै बिरोध गरेका थिए । अब काङ्ग्रेस को सो दाबी समेत गैरकानुनी ठहर गरेको छ। काबिल न्यायकर्मी को छवि बनाएका पाण्डे लाई विवाद मा तान्ने काङ्ग्रेस को कदम मा पेशाकर्मी हरुले समेत गैरकानुनी भन्दै टिप्पणी गर्दै आएका थिए ।

Please Login to comment in the post!

you may also like