• Saturday, June 21, 2025

राजावादी समूहको मोटरसाइकल र्‍याली


काठमाडौँ, राजसंस्था पुन:स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन समितिले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । सुकेधाराबाट सुरु भएको र्‍याली महाराजगन्ज, गोंगबु, कलंकी हुँदै बल्खु पुगेर सभामा परिणत हुने समितिले जनाएको छ । र्‍यालीमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरू सहभागी छन् । समितिले जेठ १५ देखि राजसंस्था पुन:स्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरेको छ ।



Please Login to comment in the post!

you may also like