• Saturday, June 21, 2025

दुई इन्जिनियर पक्राउ


मन्दिर निर्माणको भुक्तानी दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई सव–इन्जिनियरलाइ पक्राउ गरेको छ।

टंगालबाट खटिएको अख्तियारकाे टोलीले पर्यटन विकास आयोजना ईकाई कार्यालय काठमाडौंका सवईन्जिनियरद्वय राजनप्रसाद भट्टराई र सन्जय अर्याललाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो।

सेवाग्राहीसँग घुस लिएको भन्ने सुचनापश्चात काठमाडौं महानगरपालिका– ३१ बानेश्वरमा रहेको इकाईस्थित कार्यकक्षबाटै नगद १७ हजारसहित उनीहरूलाइ नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

Please Login to comment in the post!

you may also like