• Saturday, June 21, 2025

निजकरण गर्ने सरकारी प्रयासको विरोधमा हेटौंडामा प्रदर्शन


काठमाडौ, सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगलाई निजकरण गर्ने सरकारी प्रयासको विरोधमा हेटौंडामा विरोध प्रदर्शन भएको छ ।


नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले बिहीबार हेटौंडा बजारमा विरोध प्रदर्शन गरेको हो । माओवादी केन्द्रले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।माओवादी केद्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज विजय गौतमले प्रजिअ स्किम श्रेष्ठलाई ध्यानाकर्षण बुझाउँदै निजीकरणको सरकारी प्रयत्न रोकिनुपर्ने बताए ।मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले हेटौंडा सिमेन्टलगायत केही सरकारी उद्योगहरू निजीकरण गर्ने निर्णय गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ गौतमले भने, ‘यसले वर्तमान सरकार, जनता र राष्ट्रको हितमा भन्दा पनि मुट्ठी भरका बिचौलियाको हितमा सक्रिय छ भन्ने अर्को पुष्ट्याई गर्न खोजेको छ ।’हेटौंडा सिमेन्ट उद्योगमा संरचनागत, प्रविधिगत र प्रशासनिक रूपमा आवश्यक सुधारसहित नियमित र व्यवस्थित सञ्चालनको प्रबन्ध गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।विगत केही महिनादेखि उत्पादन ठप्प रहेको उद्योगले जायजेथा बेचेर उद्योग चलाउने प्रयास पनि गरेको थियो । उद्योग सञ्चालनको लागि आर्थिक स्रोत जुटाउन लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको थियो ।२०४२ सालबाट भैँसेखानीबाट चुनढुंगा लामसुरेस्थित कारखानासम्म सहज ढुवानीका लागि ११ किलोमिटर लम्बाइको रोप–वे निर्माण गरिएको थियो ।


४८ वर्षअघि स्थापना भएको हेटौंडा सिमेन्ट उद्योग राजनीतिक प्रभावमा परेर लामो समयदेखि थलिँदै आएको छ । सरकार परिवर्तन भएपिच्छे उद्योगको नेतृत्वमा फेरबदल हुने समस्या, दक्ष कर्मचारी र आधुनिक उपकरणको अभाव, भएका उपकरणहरू पनि समय–समयमा मर्मतसम्भार नहुँदा हेटौंडा सिमेन्ट उद्योग धराशायी बन्दै गएको हो ।


Please Login to comment in the post!

you may also like