नेदरल्याण्डको आर्म्स्टरडम सिफोल बिमानस्थलमा के एल एम को सिटिहोपर इम्ब्रायर इ १९० जहाज चलिरहेको बेलामा एक व्यक्ती इन्जिन ले तानेको कारण ज्यान गएको छ । घटनाको बिस्तृत विवरण आइनसकेको भए पनि उड्न लागेको सो बिमानको इन्जिन मा ठोकिएर व्यक्तिको मृत्यु भएको बिमानस्थल स्रोत ले जनाएको छ। डच सेफ्टी बोर्ड का तीन अधिकारीहरुले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ।
एप्रोन सेफ्टी मा बिरलै हुने यस किसिमका घटनाको चासो का साथ हेरिने गरेको अन्तर्राष्ट्रिय संचार माध्यायम हरुले बताएका छन।