• Saturday, June 21, 2025

न्युरोडको फुटपाथ हटाउन बालेनलाई सडक डिभिजनको अल्टिमेटम


सडक डिभिजन कार्यालयले न्यूरोडको सडक दुई दिनभित्र पुनःस्थापन गर्न काठमाडौँ महानगरपालिकालाई अल्टिमेटम दिएको छ । 

डिभजिनका प्रमुख ई. नारायणदत्त भण्डारीले महानगरपालिकालाई पत्राचार गर्दै सो अल्टिमेटम दिएका हुन् ।

डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको न्यूरोड सडकमा फुटपाथ बढाउने हेतु महानगरले काम थालेको थियो । त्यहाँ रहेको पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ फैलाउने महानगरको योजना छ । केही दिनअघि महानगरले सडक काट्ने क्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकाय टकरावमा छन् ।

Please Login to comment in the post!

you may also like