बागलुङ अमालाचौर जन्म घर भएर काठमाडौ कर्मथलो बनाउदै आएकी शान्ता शर्माले आफ्नै गाउँको आधारभुत बिद्यालयका बिध्यार्थी लाई सहयोग गरेकी छन।
शर्माले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकमले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा रहेको जनचेतना प्राथमिक विद्यालयको विद्यार्थीलाई पोशाक बितरण गरेकी हुन।
विद्यालयमा बुधबार एक कार्यक्रम आयोजना गरी ३० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । शर्माले ६० हजार रुपैयाँ बराबरको पोशाक सहयोग गरेको विद्यालय व्यबस्थापन समितिले जनाएको छ ।
त्यसै अवसरमा शर्माले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई सबै क्षेत्रले सहयोग गरेर स्थानीय स्तरमै सक्षम जनशक्ती उत्पादन गर्नु पर्ने बताइन।आफु जन्मेको गाउँमै आएर विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताइन।"केही समयदेखि खाजा खर्च कटाएर रकम जम्मा गर्दै आएकी थिएँ । अहिले आफ्नै गाउँको आधारभूत विद्यालयका साना विद्यार्थीहरुलाई सानो सहयोग गर्न पाएँ । खुशी लागेको छ ।" शर्माले आफ्नो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइन । शर्मा काठमाडौंको एलआरआई विद्यालयमा कार्यरत शिक्षिका हुन।
विद्यालय पोशाक पाएकोमा विद्यार्थीहरु पनि खुशी व्यक्त गरेका थिए ।
सो कार्यक्रममा विद्यालयका अभिभावक, वडा नं. १२ का वडा अध्यक्ष कोपिलामणि शर्मा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरुको उपस्थितिमा सप्पन्न भएको थियो।