चर्चित गायिका एलिना चौहान को सांगीतिक करियरमा नयाँ मोड आएको छ । एलिना श्रीमानसँगै अष्ट्रेलिया पलायन भएकी छन् ।
केही दिनअगाडि एलिना सांगीतिक कार्यक्रमका लागि श्रीमानलाई समेत साथै लिएर दुबई गएकी थिइन् । त्यहाँ उनीहरूले घुमघाम र मस्ती गरे ।दुबइबाट उनीहरू नेपाल नफर्कीकन सिधै अष्ट्रेलिया गएका हुन् । अष्ट्रेलियामा एलिना आफ्नो सांगीतिक करियर भन्दा श्रीमानको व्यापार–व्यवसायमा बढी व्यस्त रहनेछिन् उनको पारिवारिक स्रोतले जानकारी दियो।
बाग्लुङ स्थायी घर भएका विष्णु सापकोटा अष्ट्रेलियामा मायालु फर्निचरका नाममा शोरुम चलाउछन । मायालु फर्निचरको टिकटक पेजमा हालै एउटा भिडिओ सार्वजनिक गरेको छ । भिडियोमा विष्णुले एलिनासँग बसेर आफ्नो शोरुमको विज्ञापन गरिरहेको देख्न सकिन्छ ।नेपाल बाट पलायन हुने को संख्या दिनप्रतिदिन बढ्दा समेत राज्यले यठेष्ट ध्यान नदिदा युवा माज बिदेशिने होडबाजी नै चलेको छ।