• Wednesday, August 6, 2025

यसरी घुस खान प्रोत्साहन गर्छ सरकार


पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत सरकारले लिएको साढे ५ प्रतिशतको महँगीको लक्ष्यलाई आम्दानीसँग तुलना गर्नुपर्ने बताएका छन् ।

एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्री विभागले आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा खतिवडाले भने, ‘देशमा जब आर्थिक मन्दी हुन्छ तब मूल्यवृद्धि तलतल हुन्छ । मूल्यवृद्धिको दर तल भएर खुसी मान्ने एउटा पक्ष होला तर आम नागरिको आम्दानी चाहिँ कतिले बढ्दैछ त्यो महत्त्वपूर्ण हो ।’

आर्थिक मन्दीका कारण व्यापार व्यवसाय राम्ररी नचली यही अवस्थामा व्यापारीको जीवनस्तर उक्सिने स्थिति नभएको खतिवडाको भनाइ छ । यसैले मूल्यवृद्धिको दर तल राखेपनि त्यसले एउटा वर्गलाई सहयोग नगर्ने उनको तर्क छ ।

औद्योगिकबाहेकका क्षेत्रमा १० प्रतिशतले ज्याला नबढेको भन्दै खतिवडाले विगत २ वर्षको तथ्यांकले उपभोग्य वस्तुको मूल्य २४ प्रतिशतले बढेको तर ज्याला १० प्रतिशतले पनि नबढेको बताए ।

‘कर्मचारीको तलब नबढेको २ वर्ष भएको थियो, यो पटक तलब बढ्नुपर्थ्यो, तर बढेन । उपभोक्ताको हिसाबले अबको समय त्यति अनुकूल छैन’, उनले भने । यसको विकल्पमा कर्मचारी आफू बाच्न पनि घुस खान पर्ने अवस्था सृजना गरेको एक ट्रेड युनियन नेताले व्यङ्ग्य गरे। महङ्गी अचाक्ली बढ्ने तर तलब नबढ्दा बिकल्प अरु केही नहुने उनिहरु बताउछन।

Please Login to comment in the post!

you may also like