सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेपाली काङ्ग्रेस बिछ सत्ता समीकरणको बारे नयाँ समझदारी भएको बताइएको छ। एमाले -कांग्रेसबीचको सहमतिका मुख्य बुदा :
-एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ।
-अर्थ एमालेले गृह नेपाली कांग्रेसले राख्ने ।
-एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने ।
-मधेष प्रदेश,मधेषी दललाई दिने ।
-निर्वाचन प्रणाली संशोधन गर्ने सहमति ।
-पूर्वप्रधानन्याधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने लगायतमा सहमति भएको र शिर्षस्त नेता हरु हस्ताक्षर गर्ने तयारी भैरहेको एमालेका एक सचिवालय सदस्य ले बिजिनेस प्रेस लाई बताए।