भारतको केन्द्रीय लोकसेवा आयोग (यूपीएससी) २०२२ मा देशमै तेस्रो स्थान हासिल गरेकी उमा हराथीको यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ। उनको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा उनलाई एसपी दर्जाका आईपीएस पिता एन वेंकटेश्वरलु उनलाई सलाम ठोकिरहेका छन्।उमा हारथी हाल एक प्रशिक्षार्थी आइएस अफिसर हुन्, जो हाल विकरावादमा तैनाथ छिन्। भर्खरै उनी तेलंगाना राज्य पुलिस एकेडेमीको सेमिनारमा भाग लिन आएकी थिइन्, जहाँ उनलाई उनका बुबाले सलामी दिएर स्वागत गरे। उमा हराथीका बुबा एन वेंकटेश्वरलु नारायणपेट जिल्लाका प्रहरी उपरीक्षक हुन्।