• Saturday, June 21, 2025

नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला


संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

स्रोतका अनुसार उनी आफैंले आफैंलाई गोली हानेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि उनले गोली हानेर आत्महत्या गरेको बताए । घटना बारे बिस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Please Login to comment in the post!

you may also like