• Saturday, June 21, 2025

रास्ट्रपति स्वदेश फिर्ता


रास्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन।राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा जर्मनी सरकारका उच्च अधिकारीले बिदाइ गरेका थिए।

यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच बर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो। सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो। जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुग्नुभएको थियो।

त्यसअघि स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई गत जेठ ३१ गते राष्ट्रपति पौडेलले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए। राष्ट्रपति पौडेल जेठ २९ गते साँझ काठमाडौंबाट जेनेभा प्रस्थान गरेका थिए

Please Login to comment in the post!

you may also like