• Saturday, June 21, 2025

अनिश्चयको भुमरीमा धितोपत्र बोर्डको अध्यक्ष चयन



अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि लिएको दोस्रो पटकको अन्तर्वार्तामा समेत तीन जना उम्मेदवार अनुपस्थित भएका छन्। यो सँगै अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गर्ने तयारी भइरहेको छ। स्रोतका अनुसार ९ बजे बोलाइएको अन्तर्वार्तामा कोही पनि नआएपछि सिफारिस समितिले रद्द गर्ने प्रक्रिया सुरु गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको सदस्यले आज दोस्रो पटक अन्तर्वार्ताका लागि बोलाएको थियो। आइतबार अध्यक्ष पदका लागि छनौट भएका ५ जनामध्ये बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र व्यवसायी सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए भने बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की अनुपस्थित थिए। कार्कीले उपत्यकाबाहिर रहेको भनेपछि सिफारिस समितिले दोस्रो पटक अन्तर्वार्ताको लागि आज समय तोकेको थियो। कार्कीसहित तीनै जना आज पनि उपस्थित नभएपछि प्रक्रिया नै रद्द गर्न लागिएको हो। अब अर्थमन्त्रीले प्रक्रिया रद्द गर्न मन्त्रिपरिषदमा सिफारिस् गरेपछि यो समिति रद्द हुनेछ। यो सङै धितोपत्र बोर्ड को अध्यक्ष चयन प्रक्रिया थप अनिश्चित बनेको स्रोतको दाबी छ।


Please Login to comment in the post!

you may also like