• Thursday, March 5, 2026

काम गरेर प्रमाणित रेणु दाहाल र काबिल तथा उत्साही सोविता गौतमबीचको रोचक प्रतिष्पर्धा



चितवन–३ निर्वाचन क्षेत्र आगामी निर्वाचनमा राजनीतिक रूपमा मुख्य केन्द्र बन्दैछ। माडी नगरपालिकाका सबै ९ वडा र भरतपुर महानगरपालिकाका ६, ८, १३ देखि २८ वडासम्म गरी १९ वटा वडाहरू यस क्षेत्रमा पर्छन्। सहरीकरण र तीव्र विकासले मतदातालाई बढी सचेत र निर्णायक बनाएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यहाँ आफ्नो दाबी बलियो बनाउन भरतपुरकी मेयर रेणु दाहाललाई उम्मेदवार बनाएको छ। ९ वर्ष मेयर रहँदै उनले भरतपुरका जीर्ण विद्यालय, धुलाम्य सडक र साँघुरो मार्गजस्ता चुनौतीहरू सुधार्दै शहरमा नयाँ विकास मोडल प्रस्तुत गरेकी छिन्। उनका समर्थकले उनलाई ‘विकासको प्रतीक’ भनी चिनाउँछन्। कार्यकुशलता र उपलब्धिले रेणुलाई यस क्षेत्रमा बलियो उम्मेदवार बनाएको छ।तर चुनौती भने रास्वपा की केन्द्रीय सदस्य सोविता गौतमले प्रस्तुत गरेको छ। काठमाडौं–२ बाट प्रतिनिधिसभा जितेकी सोविता, व्यवसायी गिहेन्द्र घिमिरेसँगको वैवाहिक सम्बन्धले चितवनसँग सामीप्यता बनाएकी छन्। उनी नयाँ दलको जोश, ऊर्जाशीलता र संगठनात्मक शक्ति लिएर यहाँको मतदाता माझ प्रवेश गर्दैछिन्। समर्थकहरूले उनलाई ‘कमिटेड र काबिल’ उम्मेदवारका रूपमा मूल्यांकन गर्छन्।विश्लेषकहरूका अनुसार यो निर्वाचन क्षेत्र बहुपक्षीय प्रतियोगिताको मैदान बन्नेछ। सहरी क्षेत्रको विकास र अनुभवमा बल राख्ने रेणु दाहाल र नयाँ दलको उत्साह तथा राजनीतिक ऊर्जा लिएर आएका सोविता गौतमबीचको प्रतिष्पर्धा रोचक हुने देखिन्छ।गत निर्वाचनको अनुभवले देखाएको छ कि चितवन–३ मा मतदाताले दुवै पुराना र नयाँ दललाई अवसर दिन्छन्। रेणु दाहालको काम र उपलब्धि स्पष्ट देखिन्छ भने सोविताको सक्रियता र नयाँ दृष्टिकोणले मतदातामा सकारात्मक छवि बनाएको छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, “यो क्षेत्रको मतदाता विकास र क्षमता दुवैको मूल्यांकन गर्नेछन्। कार्यदक्षता, प्रतिबद्धता र स्थानीय पहिचान महत्वपूर्ण हुनेछन्।” यही कारणले, रेणु दाहाल र सोविताबीचको टक्कर केवल उम्मेदवारी मात्र होइन, उपलब्धि र नेतृत्वको प्रतिष्पर्धा पनि बन्नेछ।चितवन–३ मा काम गरेर प्रमाणित रेणु दाहाल र काबिल तथा उत्साही सोविता गौतमबीचको रोचक प्रतिष्पर्धा आगामी निर्वाचनको मुख्य आकर्षण बन्ने देखिन्छ। मतदाता कुन उम्मेदवारलाई प्राथमिकता दिनेछन् भन्ने कुराले क्षेत्रको राजनीतिक दिशा निर्धारण गर्नेछ।

Please Login to comment in the post!

you may also like