• Saturday, June 21, 2025

मुस्ताङमा फेरि हिमपहिरो


धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट आज साँझ फेरि हिउँपहिरो खसेको छ । 

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ  ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले हिउँपहिरोले बोक्सिखोला पूर्णरूपमा थुनिएको बताए ।यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सिखोलाको नजिकै धेरै तलसम्म आएको छ,” उनले भने, “हिउँपहिरोले बोक्सिखोला पूर्णरूपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।”

बोक्सिखोला कालीगण्डकीको सहायक नदी हो । आज साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सिखोलामा पर्दछ ।

यसअघि विसं २०७८ कार्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले १५० भन्दाबढी चौँरीगाई मरेका थिए ।

Please Login to comment in the post!

you may also like