• Saturday, June 21, 2025

प्रचण्डको गाडीमा जब आरजु देउवा बसिन.....


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री आरजु राणा देउवा एउटै प्लेनमार्फत धनगढी ओर्लिने भएपछि एयरपोर्टमा नेता कार्यकर्ताहरुको भिड थियोे  । प्रहरी प्रशासनलाई भीड व्यवस्थापनमा हम्मे हम्मे परेको थियो।बिमानास्थलमा झरेपछि परराष्ट्र मन्त्री देउवालाई बिमानस्थल को भीआईपी कक्षबाट सुरुमै बाहिर ल्याइयो । त्यसपछि प्रचण्डलाई ल्याइयो । बाहिर प्रचण्ड र देउवाको लागि छुट्टाछुट्टै गाडी राखिएको थियो । अलमलिएको प्रहरीले प्रचण्डको लागि राखिएको गाडीमा डाक्टर आरजु देउवालाई बसायो ।  पछि मात्रै थाहा भयो मन्त्री देउवा चढ्नु पर्ने गाडी अर्कै थियो। त्यसपछि मन्त्री देउवालाई त्यो गाडीबाट ओरालेर अर्को गाडीमा बसायो ।यसैबिच भीड व्यवस्थापनमा रहेको प्रहरी प्रशासन चुकेको पाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रसहित जिल्लाका सुरक्षा निकाय प्रमुखहरुको उपस्थित रहेको स्थानमा प्रहरीले भीड व्यवस्थापन तथा भीआईपि व्यवस्थापन मा केही समस्या आएको देखिएको थियो । उपस्थितहरु बिच हासो को फोहोरा सुनिएको थियो।

Please Login to comment in the post!

you may also like