• Saturday, June 21, 2025

बर्खा लागे संगै बिपद सम्बन्धि अभ्यास


 विपत् आइपरेको समयमा कसरी बच्ने र सतर्क रहने भन्ने विषयमा स्थानीयलाई देखाइएको छ। सो प्रदर्शन हेर्न निकै मानिस भेला भएका थिए।संखुवासभा को  खाँदबारी नजिकैका विद्यालयका विद्यार्थी, स्काउट, राष्ट्रिय सेवा दलका विद्यार्थीको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्राकृतिक विपत्तिबाट हुन सक्ने जोखिमबारे सबै पूर्वतयारीमा जुट्नुपर्ने खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जोड दिए । उनले विपत् कति वेला हुन्छ भन्ने यकिन नहुने भएकाले सबै चनाखो हुनुपर्ने बताउँदै संखुवासभाको उत्तरी भागका तिब्बतीयन प्लेट र ठूला आयोजना अरुण तेस्रोको नै बाँध कुनै बखत फुटेमा खाँदबारी नगरपालिकालगायत जिल्ला नै तहसनहस बनाउने भएकाले सचेत बन्नुपर्नेमा आग्रह गरे । 

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले विपत्तिका घटनाहरू जतिवेला जहाँसुकै घट्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरे । उनले खाँदबारी बजार क्षेत्रमा बाक्लो घरहरू रहेको र कुनै बखत आगलागीका घटनाहरू भए सबै जोखिममा पर्ने बताउँदै संखुवासभा उद्योग वाणिज्य संघले घर–घरमा आगो निभाउने उपकरण राख्नुपर्नेमा जोड दिए । 
जिल्ला विपत् व्यवस्थापन समितिले बर्सेनि यस्ता कृत्रिम घटना प्रदर्शन गर्ने गरेका छन् । यसले आमनागरिकमा केही ज्ञान हासिल हुने र सचेत हुने आशा गरेर नै प्रदर्शन गर्ने गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए। 

उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, खाँदबारी नगरपालिका, रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, नेपाल स्काउट, राष्ट्रिय सेवा दललगायत अन्य सरोकारवाला निकायहरूसमेतको सहकार्यमा आगलागी र पहिरोको समयमा हुन सक्ने जोखिम न्यूनीकरण तथा उद्धारसम्बन्धी संयुक्त अभ्यास सम्पन्न गरिएको हो ।

Please Login to comment in the post!

you may also like