• Saturday, June 21, 2025

एटिसी इन्स्ट्रक्सन नमान्ने दुई पाइलट सस्पेन्ड


मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको जानकारी गराएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले दुवै पाइलटलाई रोस्टरबाट हटाउनू भन्ने निर्देशन प्राधिकरणबाट आएको बताए ।

पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन् ।

Please Login to comment in the post!

you may also like