• Saturday, June 21, 2025

असनको मखन गल्लीमा आगोलागी, संचरनाका कारण उद्दारमा सधै कठिनाई


काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।


सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।


खाना पकाउने एलपिजी ग्यास लिक भई घरको तेस्रो तल्लाबाट आगो सल्किएको थियो। उक्त घरसँगै रहेको रूकेश श्रेष्ठको ५ तले पक्की घरमा पनि आगो सल्किएको छ।


आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन। आगो निभाउन प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय खटिएका छन्। आगो निभाउन ६ वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ।  काठमाडौंका संरचनाहरू आगलागी र उद्धारको दृष्टिकोणबाट पूर्ण रूपमा उपयुक्त छैनन्। पुराना बस्तीहरू (जस्तै ठमेल, असन, भोटाहिटी) मा काठ र माटोले बनेका घरहरू छन्, जुन आगलागीको जोखिममा छन् र साँघुरा गल्लीहरूले उद्धार कार्यलाई कठिन बनाउँछ। आधुनिक भवनहरूमा कंक्रिट र स्टिलको प्रयोग भए पनि, अग्नि सुरक्षा प्रणाली (जस्तै फायर अलार्म, स्प्रिंकलर) अपर्याप्त वा मर्मत नभएको पाइन्छ। ठूला मल र होटलहरूमा केही सुरक्षा प्रणाली छन्, तर साना घर र व्यवसायमा यस्ता सुविधा कमै छन्। सहरमा फायर हाइड्रेन्ट सीमित छन् र पानी आपूर्तिको अनियमितताले समस्या थप्छ। साँघुरा गल्लीहरू र भीडभाडका कारण फायर ट्रक वा एम्बुलेन्सको पहुँच कठिन छ, जसले उद्धार कार्यमा बाधा पुर्‍याउँछ। समग्रमा, काठमाडौंका संरचनाहरूमा आगलागी रोकथाम र उद्धारका लागि पर्याप्त सुधारको आवश्यकता छ।


Please Login to comment in the post!

you may also like