• Saturday, June 21, 2025

हङ्गेरी र बङलादेशका राष्ट्रप्रमुख एकैसाथ चीन भ्रमणमा


  

चिनियाँ प्रधानमन्त्री ली छियाङको आमन्त्रणमा बङ्लादेश र हङ्गेरी का राष्ट्र प्रमुख हरु चीन भ्रमण गर्न लागेको हुन।

बंगलादेशको अखबारका अनुसार बंगलादेशले चीनसँग २० अर्ब अमेरिकी डलर ऋण खोजेको छ । जसको उद्देश्य बंगलादेशको पूर्वाधार विकासमा १५ अर्ब डलर र पाँच अर्ब डलर चीनबाट हुने आयातमा तिर्न भनिएको छ ।

बंगलादेशको राजधानी ढाकाको रेलवे लाइन दुई तथा भाङ्गा-कुवाकाटा रेल वे लाइन बनाउन ऋण लिने तयारी भएको डेली स्टारले उल्लेख गरेको छ । 

यस्तै, टिस्टा परियोजना, अस्पताल लगायतका निर्माणमा पनि ऋण मागिने बताइएको छ । प्रधानमन्त्री भएको चौथो कार्यकालमा पहिलो भ्रमण भारतमा गरेकी थिइन हसिनाले ।

गत जुन २१ र २२ मा उनी भारतको राजकीय भ्रमणमा पुगेकी थिइन् । त्यो भन्दा अगाडि भने मोदीले आफ्नो तेस्रो प्रधानमन्त्री कालको शपथग्रहमा आमन्त्रणा गरेका दक्षिण एसियाली देश तथा हिन्द महासागरका देशका सरकार तथा राष्ट्रप्रमुखहरूको भ्रमणमा पनि हसिना भारत पुगेकी थिइन् । 

बढ्दो व्यापारीक तनाब बिच हुन लागेको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। 

Please Login to comment in the post!

you may also like