• Saturday, June 21, 2025

उपत्यकामा हेलिकप्टर उडान प्रतिबन्ध


आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका नियमित उडान व्यवस्थापनमा काठमाडौं टावरमा रहने एयर ट्राफिक कन्ट्रोलरलाई उडान सुरक्षा चुनौती कायमै भएकाले यो निर्णयलाई निरन्तरता नै दिइएको प्राधिकरणले जनाएको छ ।

‘काठमाडौं खाल्डो वरपर जहाज अवतरण गर्ने र उड्ने रुटमा पर्ने ललितपुरको लाकुरीभन्ज्याङ, चन्द्रागिरि, गौशाला आसपासमा चार्टर्ड हेलिकोप्टरलाई यो रुटमा पर्ने होटल तथा अस्पतालका हेलिप्याडमा उडान तथा अवतरणमा लगाइएको रोकलाई निरन्तरता नै दिइएको स्रोतले बतायो । तर यी क्षेत्रमा आकस्मिक रूपमा हुने उद्धार तथा बिरामी सेवासम्बन्धी उडानलाई भने प्राथमिकता नै दिइएको छ । ‘पर्यटकीय उद्देश्यबाहेक मेडिकल तथा अन्य उद्धारजन्य हेलिकोप्टर चार्टर्ड उडानलाई रोक लगाइएको जनाइएको छ ।गत वैशाख १८ मा लुक्लाबाट आउँदै गरेको सिम्रिक एयरको हेलिकोप्टर र दोहाबाट आउँदै गरेको कतार एयरवेजको जहाज अवतरणका क्रममा दुई माइल दूरीमा आमनेसामने भएपछि प्राधिकरणले काठमाडौंभित्र हुने हेलिकोप्टर उडानमा कडाइ गरेको थियो । 

Please Login to comment in the post!

you may also like