काठमाडौं, आज संसद् भवनको गेटमै पुगेका जेन जी प्रदर्शनकारीहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका युवा प्रदर्शनकारीहरूले संसद् भवन अगाडि नाराबाजी र प्रदर्शन गर्दै थिए। स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस र लाठीचार्ज गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै आफ्ना मागहरू सम्बोधन गर्न दबाब दिएका थिए। प्रहरीको कारबाहीमा केही प्रदर्शनकारी घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।