काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका छन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम बैंक जमानतमा रिहा गर्न माग गरेका छन्।
लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आफ्नो भागको बिगो बराबरको रकम बैंक जमानत राखेर रिहा हुनुपर्ने मागसहित निवेदन दिएका हुन्।
यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो, तर उच्च अदालत बुटवलले उक्त आदेश बदर गर्दै थुनामा पठाएको थियो। रुपन्देहीमा लामिछानेको १० करोड ९९ लाख बराबरको सामूहिक बिगो कायम गरिएको छ। उनले आफ्नो भागको रकम जमानत राखेर थुनामुक्त हुन पुनः निवेदन दर्ता गरेका छन्।