आन्तरिक विमान सेवाको प्रमुख वायु सेवा बुद्ध एयरको विमान तुम्लिङटार बिमानस्थल अवतरण गर्न नसकेर काठमाडौ फर्किएको छ। आज बिहान करिब १० बजे उडेको बुद्ध २८१ विमान खराब मौसम का कारण काठमाडौ नै फर्केको थियो। यात्रु सहित काठमाडौ अवतरण गरेको विमान फेरि दिउँसो ११:४० बजे उडेको थियो तर खराब मौसम कै कारण विमान फेरि बिच बाटो बाट नै काठमाडौ फर्किएको बिमानस्थल स्रोत ले बिजिनेस प्रेस लाई जानकारी दिए। एकै सेक्टर को एक विमान दुई दुई पटक डाइभर्ट हुनु बिरलै हुने घटना मा पर्दछ।