प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा जाने भ्रमण टोलीको टुंगो लागेको छ ।
शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालकाे भारत भ्रमणका लागि टोलीको टुंगो लगाएको हो ।
भ्रमण टोलीमा प्रधानमन्त्री, कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल,प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम रहेका छन् ।
प्रधानमन्त्री दाहाल आइतबार तेस्रो कार्यकालको लागि निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन भारत जाँदैछन् । " भारत सङ नेपाल को बिशेष साइनो दर्शाउन प्रम एक्कासि मोदि को सपथ ग्रहण मा जान लागेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले बिजिनेस प्रस लाई जानकारी दिए।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका थिए ।