• Saturday, June 21, 2025

ढिलासुस्ती गर्ने सडक डिभिजनलाई काठ मेयर बालेनको धुलो उपाहार


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उपहार भन्दै धुलो पठाएका छन्। ठाडो आदेशमा भइरहेको काम रोकेको भन्दै मेयर शाहले सडक विभाग र सडक डिभिजन काठमाडौंअगाडि एक ट्रक धुलो खन्याएका हुन्।

सामाजिक सञ्जालमा धुलो खन्याएको भिडियोसहितको पोस्टमा शाहले लेखेका छन्, ‘माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला। विगत १५ जर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ।’

मन्त्रालयको कारण महानगरले गाली र नगरवासीले धुवाँधुलो खानुपरेको भन्दै मेयर शाहले रोकेको काम अघि नबढाएसम्म हरेक दिन पायक पर्ने स्थानमा एक ट्रक धुलो ‘उपहार’ पठाउने उल्लेख गरेका छन्।

‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु। माया सम्झेर स्विकार्नुहोला।’ मेयर बालेनले यस अगि पनि माओवादी केन्द्र मुख्यालय पेरिस डाडा र रास्वपा पार्टी मुख्यालय बनस्थली मा फोहोर समस्या समाधान नगरेको भन्दै फोहोर को गाडी पठाएर बिरोध गरेका थिए ।

Please Login to comment in the post!

you may also like