गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयमा सुरुवा गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई गृहसचिवमा सरुवा गरेको हो ।
दुवाडी यसअघि राष्ट्रिय तथ्यांक कार्यालयमा थिए । एकनारायाण अर्याल मुख्य सचिव बनेपछि गृह मन्त्रालय सचिवविहीन थियो । गृहसचिवका लागि अन्य सचिवहरू दौडमा रहे पनि अन्तिममा दुवाडीले जिम्मेवारी पाएका हुन।