पर्यटन बोर्डको सि इ ओ मा पुनः दिपक राज जोशी नियुक्त भएका छन। बोर्ड सीईओ छनौट तथा सिफारिसका लागि गठन भएको समितिले आजै तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले निवर्तमान सीईओ डा. धनञ्जय रेग्मी, पूर्वसीईओ दीपकराज जोशी र ज्ञानेश्वरसिंह महतोको नाम सिफारिस गरेको थियो।
तीन जनामध्येबाट बोर्डले जोशीलाई नियुक्त गरेको हो। नियुक्त भएलगत्तै जोशीले प्रतिक्रिया दिदै बिजनेस प्रेस संग भने, "परिस्थिति अनुकूल स्रोत सुनिश्चितता र स्रोतको व्यवस्थापन गरेर अगाडि बढ्ने चुनौती रहेको छ। सबैको साथ र सहयोगमा म यो चुनौतीलाई चिरेर अघि बढ्न सक्षम हुने छु।"
पुर्व बिबादास्पद सीईओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीइओ विहीन भएको थियो। जोशी यसअघि २०१५ को डिसेम्बरदेखि २०१९ को डिसेम्बरसम्म पनि बोर्डको सीईओ रहेका थिए। जोशीको नियुक्ति ले आर्थिक चलखेल हुन नपाएको पर्यटन सम्बद्ध व्यबसायी हरु बताउछन।