जीबीविरुद्ध सहकारी विभागमा उजुरी परेपछि डेढ वर्षअघि नै विदेश भाग्न सक्ने भन्दै पासपोर्ट रोक्का गर्न पत्राचारसमेत भएको थियो । उजुरी परेपछि मलेसिया जान भन्दै जीबी पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत पुगेका थिए ।
तर, त्यतिबेला पासपोर्ट रोक्का रहेको भन्दै उनलाई फिर्ता पठाइएको थियो । त्यसपछि उनी स्थलमार्गबाट भारत हुँदै मलेसिया पुगेको उच्च प्रहरी स्रोत बताउँछ ।
जीबी समूहले पोखराको सूर्यदर्शनबाट मात्र डेढ अर्ब रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरीले २०७६ सालपछिको विवरण हेर्दा सूर्यदर्शनमा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ ठगिएको भन्दै १९ जनाविरुद्ध मुद्दा चलाइएको थियो । तर १६ माघमा पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा छापा मारेर चार वटा सर्भर बरामद गरेपछि २०७२ सालदेखिको विवरण भेटिएको थियो ।
त्यसपछि उक्त सहकारीबाट थप १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ पुगेको थियो । यो मुद्दामा पहिले जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा चलाइएकामा पछि २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हाल ६ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु पक्राउ पर्न सकेका छैनन् ।