• Saturday, June 21, 2025

मन्त्री "चलाउने" सहसचिवको बिदाई समेत भएन


संघिय संसद हित बहादुर तामाङ पर्यटन मन्त्री हुँदा खास पात्रको रुपमा भुमिकामा छु भन्ने सहसचिव हेमराज तामाङको कोशी प्रदेशमा सरुवा भयो। सरुवा भएपछि समान्य अवस्थामा कर्मचारी बिदाइ हुने प्रचलन समेत भङ्ग गर्दै पर्यटन मन्त्रालयले उनको रमाना पत्र थमाएको छ। कर्मचारी भन्दा माथि उठेर मन्त्री लाई समेत गुम्राहमा राखेर "खेलो" गरेका भनेर आरोप लागेका तामाङ सुरु देखिनै मन्त्री हित बहादुर तामाङलाई द्वस भुमिका खेलेर असफल बनाउन लागेको आरोप लागेको थियो। पर्यटन बिभागको महानिर्देशक लगायत समान्य नियमित कर्मचारी खटनपटनमा समेत उनी मन्त्री को आग्रहको बेवास्ता गर्दै स्वेच्छिक तवरले चलेको आरोप स्वयम मन्त्री सचिवालयका कर्मचारी बाट आउने गरेको स्रोतको दाबी छ। "उहाले आफ्नो फाइदा बेगर अन्य कुनै पनि काम नगरेर मन्त्री को सोझोपनको फाइदा उठाउनु भयो"। "तामाङ भएकै कारण उहालाई परिवर्तन गर्दा समुदाय मा नराम्रो छाप पर्ने हुनाले मन्त्री समेत उहाको सरुवा बारे सोच्नु भएन,तर मन्त्री लाई असहयोग भएको सत्य हो", यो कुरा मन्त्री ले निकटतम हरु सङ व्यक्त गर्ने गरेको उन्कै सचिवालयका एक कर्मचारीले बताए।

Please Login to comment in the post!

you may also like