• Saturday, June 21, 2025

जिबि राई लाई भारत स्थित नेपाली दूतावासले नो अब्जेक्सन लेटर दिएको खुलासा


कास्कीप्रहरीले जेठको पहिलो साता सहकारीको करोडौं रकम अपचलन गरी फरार गितेन्द्रबाबु राईको राहदानी रद्द गर्न प्रक्रिया थाल्यो । 

प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गर्दासमेत पक्राउ गर्न नसकिएपछि प्रहरीले उनको पासपोर्ट रद्दको प्रक्रिया थालेको थियो । त्यसका लागि पोखरा प्रहरीले काठमाडौंस्थित राहदानी विभागलाई पत्राचार समेत गर्‍यो । तर, राहदानी विभागले भने कानुनी छिद्रता देखाउँदै जीबी राईको राहदानी रद्द गर्न नसकिने जवाफ दिएको छ ।जसकारण जीबी राईले ठूलो राहत पाएका छन् । सरकारले उनको पासपोर्ट रद्द गर्दा उनको कुनै पनि देशको बसाइ अवैध हुन्थ्यो र जुनसुकै देशको अध्यागमन विभागले उनलाई नेपाल डिपोर्ट सक्थ्यो ।जीबी राईको पासपोर्ट रोक्का गर्ने काम भने एक वर्षअघि भएको खुलेको छ ।  सहकारी विभागले उनी कुनै पनि विदेश भाग्न सक्ने भन्दै उनलाई रोकिदिन आग्रह गरेको पाइएको छ । सहकारी विभागको आग्रह पछि पनि मलेसिया उड्न राई त्रिभुवन विमानस्थल पुगेका थिए, २०७९ पुस मध्य तिर। विमानस्थलस्थित अध्यागमन विभागले नियन्त्रणमा लिएर फिर्तासमेत गरेको खुलेको छ ।

अध्यागन विभागका एक अधिकारीका अनुसार, त्यतिबेला पक्राउ गर्न नभई विदेश भ्रमण रोक्काका लागि मात्रै सहकारी विभागले पत्राचार गरेका कारण फिर्ता गरिएको थियो । त्यतिबेला जीबी राई विमानस्थलमा रोकिएकाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका एक पदाधिकारीले जीबी राईको पक्षमा अनावश्यक चासोसमेत राखेको विमानस्थलमा कार्यरत एक बरिस्ठ अधिकारी बताउँछन् ।

सहकारी  विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले राईको राहदानी रोक्का गर्न पत्राचार गरेको जानकारी दिए । 

त्यतिबेला विभागले काठमाडौंस्थित ‘हाम्रो नयाँ कृषि सहकारी’को बचतकर्ताको उजुरीका आधारमा सहकारीका सञ्चालक भाग्ने आशंका गरेपछि राहदानी रोक्का राखेको थियो । पछि जीबी राईसहितका सहकारीका सञ्चालक समितिका ६ जनाले बचतकर्ताको रकम आफ्नो अचल सम्पत्ति बिक्री गरेर भएपनि फिर्ता गर्ने सम्झौता सहकारी विभागमै पुगेर गरेका थिए ।

सहमतिपछि उनी भारतीय बाटो प्रयोग गरी तेस्रो मुलुक भागेको प्रहरीको दाबी छ । भारतिय दूतावासले नो अब्जेक्सन लेटर दिएको ती अधिकारीको दाबी छ। भारतीय राजदुतावास मा काङ्ग्रेस निकट शकर शर्मा छन। उनले काङ्ग्रेस नेता रामहरि खतिवडा मार्फत भन्न लगाइ नो अब्जेक्सन लेटर लिएको स्रोतको दाबी छ।नेपालीले भारत हुदै यात्रा गर्न नो अब्जेक्सन लेटर अनिवार्य छ।यदि यो भएन भने भारतीय इमिग्रेसन ले प्रस्थान अनुमति नदिने हुँदा उनले खतिवडा लाई प्रयोग गरेको स्रोत ले बताउछ।

‘हाम्रो नयाँ कृषि सहकारी’को विवाद आएपछि अन्य सहकारीको समेत विवाद आउने संकेत देखिएपछि उनी भारतीय बाटो हुँदै मलेसिया तर्फ लागेको बताइएको छ  । 

प्रहरी स्रोतका अनुसार, त्यहीबेला उनीलाई पक्राऊ प्रक्रिया थालिएको भए उनी भाग्ने अवस्थाबाट रोक्न सकिने थियो । हाल जीबी राईले पोखराको सूर्यदर्शन सहकारीदेखि रुपेन्देहीको सुप्रिम तथा अन्य एक दर्जन सहकारी ठगी गरेको तथ्य खुलेको छ । सूर्यदर्शन र सुप्रिम सहकारीको मुद्दा हाल विचाराधीन अवस्थामा छ ।

‘हाम्रो नयाँ कृषि सहकारी’को रकम अपचलनको आरोपमा सहकारीका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समिति सदस्य रामहरि अधिकारीलाई गएको चैत अन्तिम साता प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ समेत गरेको थियो ।

तर, पछि उनीहरूले रकम फिर्ता गरेपछि जिल्ला सरकारी वकिल कार्यालयबाट छुटेका थिए । काठमाडौं बालुवाटारमा कार्यालय रहेको हाम्रो नयाँ कृषि सहकारीको कार्यक्षेत्र नेपालभरि थियो । २०७० सालमा स्थापित उक्त सहकारीले कोभिडपछि देशका विभिन्न स्थानमा किसानलाई प्रलोभनमा पारेर सेयर सदस्य बनाउने र बचत रकम संकलन गरेको खुलेको थियो ।

२७ साउन २०७७ मा भएको सहकारीको आठौं वार्षिक साधारणसभाबाट सूर्यबहादुर गुरुङको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन भयो ।  उक्त सञ्चालक समिति उपाध्यक्षमा वर्तमान श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सांसद डोलप्रसाद अर्याल समेत थिए ।

यस्तै, रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहकारी सञ्चालक समिति सदस्य थिए ।  २०७९ मा भएको दसौँ वार्षिक साधारणसभाबाट भने सहकारीको अध्यक्ष जीबी राईलाई उनीहरूले सम्पूर्ण दायित्य हस्तान्तरण गरेका थिए  ।
 

Please Login to comment in the post!

you may also like