• Saturday, June 21, 2025

महासेनानी दिरेन्द्र कुमार मल्ललाई सैनिक प्रहरीको हिरासतमा


नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई सैनिक प्रहरीले हिरासतमा लिएको छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई सेनाले सैनिक हिरासतमा राखेको हो ।

चार महिनाअघि सैनिक सल्लाहकारको रुपमा न्यूयोर्क पुगेका मल्ललाई गत आइतबार सैनिक हिरासतमा राखिएको सैनिक स्रोतले जानकारी दियो ।


प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्यूयोर्कबाट फिर्ता बोलाएर सैनिक हिरासतमा राखिएको छ । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि फिर्ता बोलाएर अनुसन्धान सुरु गरिएको सेनाका एक उपरथीले बताए ।

मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् । उनी प्रक्राउ परेको बारे सेनाले अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन

Please Login to comment in the post!

you may also like