सरकारले विभिन्न ११ वटा देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।
छिमेकी राष्ट्र भारत, इजरायल, पोर्चुगल, अमेरिका लगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको एक मन्त्रीले बिजिनेस प्रेसलाई जानकारी दिए। ती मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य, स्पेनका लागि शर्मिला पराजुली ढकाल, डेनमार्कका लागि राम राय, अमेरिकाका लागि प्रा. श्रीधर खत्री, इजरायलका लागि कान्ता रिजाल, दक्षिण कोरियाका लागि प्राडा ज्योति प्याकुरेल (भण्डारी), साउदीका लागि नवराज सुवेदी, कतारका लागि नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाएको छ।