त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा प्वाल परेको कारण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक जगन्नाथ निरौलाले हाल अन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द रहेको बताएका छन् ।
प्वाल परेको भागलाई टालेपछि मात्रै उडान अवतरण हुने भएकोले आवश्यक मर्मतका लागि विमानस्थलबाट हुने उडान अवतरण बन्द गरिएको हो । करिब १५ मिनेटदेखि धावनमार्ग मर्मत भइरहेको उनले बताए ।
अबको १५ मिनेटपछि मर्मत सकिएर नियमित सुचारु हुने निरौलाको भनाइ छ ।
यसअघि पनि जेठ ११ गते धावनमार्गको कोटेश्वर भागको पीचमा प्वाल परेपछि ४५ मिनेट उडान रोकिएको थियो । कमजोर निर्माण कार्यले बिमानस्थलमा बारबार समस्या आउँदा पनि बिमानस्थल बारे अध्ययन गरी कमसल कार्य गर्ने निर्माण कम्पनी र आयोजना प्रमुखलाई कार्वाही समेत भएको छैन।