• Saturday, June 21, 2025

कुलमान घिसिङलाई कार्वाही गर्न संसद सुवालको माग



संसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध डेडिकेटेटट्रंक लाइन विद्युत् उपभोग गरेकाहरूसँग २०–२५ अर्ब रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशूली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको, ६ अर्बको ट्रान्सफर्मर खरिद गर्दा कमीसनको पछि लागेको, विद्युत् नियमन आयोगको सिफारिसबिना पीपीए गरी राज्यलाई करोडौँको नोक्सानी पुर्‍याएको, ५५ करोडको शेयर नौ करोडमा खरिद गरीइ भ्रष्टाचार गरेको जस्ता विविध आरोप लागेको हुँदा कार्यकारी घिसिङलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन।

सांसद सुवालले ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भक्ता राष्ट्रिय परिचय पत्रको नाममा बिलम्ब गर्न नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘सरकारले सामाजिक सुरक्षा भक्ता पाउने ज्येष्ठ नागरिकहरूको राष्ट्रिय परिचय पत्र अनिवार्य गर्‍यो तर स्थानीय तहको वडामा पुगेर राष्ट्रिय परिचय पत्रको विवरण भरेका ज्येष्ठ नागरिक र असक्तहरुको अनलाइनमार्फत दर्ता नभएको हुँदा पुनः जिल्ला प्रशासनमा धाउँदै आएका छन् । यसबारे जिम्मा पाएको ठेकेदारलाई काम पूरा नभई भुक्तानी गरिएकोबारे छानबिन हुनुपर्‍यो र दोषीलाई कारबाही गर्नु जरुरी छ । राष्ट्रिय परिचय पत्रको निहुँमा सामाजिक सुरक्षा भत्ता वितरण बिलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ सांसद सुवालले भने ।

Please Login to comment in the post!

you may also like