चीनले नेपाली सेनालाई दिएका मापदण्ड फेल गाडी दर्ता गर्ने व्यवस्था आर्थिक विधेयकमा राखिएको विषयमा संसदमा नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री वर्षमान पुनलाई सो विषयमा प्रश्न गरेका हुन् ।
‘चीनले दिएका गाडी दर्ता गर्ने विषय कसरी करसम्बन्धी व्यवस्था भयो र किन आर्थिक ऐनमा समावेश गर्नुभयो ? त्यसको उत्तर चाहन्छु,’ थापाले अर्थमन्त्री पुनसँग प्रश्न गरे । उसो त यी गाडी काङ्ग्रेस सत्तामै हुदाको बखत आएका हुन। उ बेला मौन हुने गगन थापा अहिले प्रश्नको खात लिएर सदनमा बोल्ने गरेका छन।