• Monday, July 7, 2025

बिनाकारण इरानमाथि आक्रमण गरेको भन्दै रसियाले अन्तर्राष्ट्रिय परमाणु एजेन्सीसँग सहकार्य तोड्यो


काठमाडौ। रसियाले इरानमाथि बिना कारण हमला भएको भन्दै अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्य अन्त्य भएको घोषणा गरेको छ।

आईएईए विभिन्न मुलुकका परमाणु कार्यक्रमको निगरानी गर्ने संयुक्त राष्ट्रसंघीय संस्था हो।
रसियाले परमाणु कार्यक्रममाथि अमेरिकाले बिना कारण आक्रमण गर्दापनि आईएईएले कडा कदम चाल्न नसकेको आरोप लगाएको छ।

रुसका राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले सम्झौता अन्त भएको जानकारी दिंदै भने, ‘इरानका परमाणु केन्द्रमा बिनाकारण आक्रमण गरिएको परिणामस्वरूप यो निर्णय गरिएको हो।’

रसियाका लागि इरान मध्यपूर्वमा सबैभन्दा नजिकको सहयोगिका रुपमा रहेको छ। रसियाले युक्रेनमाथि आक्रमण गर्दा इरानले ड्रोन लगायत ठुलो सहयोग गरेको छ। रुसले हालै इरानमाथि भएका आक्रमणको निन्दा पनि गरेको थियो। रसियका पूर्व राष्ट्रपतिले त इरानलाई आणविक हतियार दिन धेरै देश तयार रहेको अभिव्यक्ति समेत दिएका थिए।

Please Login to comment in the post!

you may also like